कम परिणाममा पेट्रोल बेच्ने पेट्रोल पम्पलाइ दुई लाख जरिवाना

गृहपृष्ठ

 

२५ अक्टोबर, कुवेत। भद्रकाली आयल स्टोरले कम परिमाणमा पेट्रोलियम पदार्थ बेच्ने गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नापतौल विभाग र नेपाल आयल निगमका पदाधिकारीले अनुगमन गर्दा भद्रकाली आयल स्टोर्सले कम परिमाणमा तेल बेचेको भेटिएको हो । कम परिमाणमा तेल बेच्ने पम्पलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

यस्तै नोजलबाट मापदण्ड अनुसारको तेल बिक्री गर्ने व्यवस्था नभएसम्म भद्रकाली आयल स्टोरलाई पेट्रोल बिक्री वितरणमा समेत रोक लगाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

साभार: उज्यालो अनलाइन

Leave a Reply