आर डि क्रीएशन/ १७ जुलाइ, कुवेत। कुवेतमा बढेको चर्को गर्मी छल्न समुन्द्रमा स्वीमिङ गर्न जानेहरुको ठुलै जमात भेटिन्छन। जसमा नेपालिहरुको पनि बहुल्य उपस्थिती देखिन्छन। त्यस्तै समुन्द्रमा स्वीमिङ गर्दै गर्मी छल्न बाग्लुङका राजन छन्त्याल पनि गत शनिवार साँझ आफ्ना साथिहरु संग साल्मियाको समुन्द्रको तिर तिर गए। स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्याए पछि उनका साथिहरु अतालिन थाले। त्यतिन्जेलमा उनलाइ ठम्म्याउनै नसकिने भएको थियो। उनलाइ बचाउन उनका साथिहरु ज्यान बाजि राखेर समुन्द्रमा पौडिन थाले। उनका साथिहरुले प्रयास गरेर निकाल्न त निकाले तर त्यतिन्जेलमा उनले जिवनको अन्तिम सास फेरिसकेको थियो।
राजन मात्र होइनउनिसंगै पौडी खेलिरहेका अन्य दुई जना नेपालिहरुलाइ पनि छाल्ले घिसार्दै लगेको थियो। उनिहरुलाइ पनि साथिहरुले बचाउन खोजे पनि अवस्था नाजुक नै भैसकेकोले उनिहरुलाइ कुवेत पुलिसले हस्पिटल पुर्याएका छन। उनिहरु अझै उपचाररत नै छन। पानीमा डुबेर घाइते भएका दुई जनाको अझै स्पष्ट परिचय खुलिसकेको छैन। तर राजन छन्त्यालको शवको बारेमा कुवेत पुलिसले समेत जानकारी गराइसकेको र शव पठाउन प्रक्रिया समेत अगाडी बढिसकेको दूतावास श्रोतले जानकारी गराएको छ। श्रोतका अनुसार बुधबार बिहिवारमा शव नेपाल पुग्नेछन।