दिलकुमार पाख्रीन/ १८ जुलाइ, कुवेत। ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो।
विगत १६ बर्ष देखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनको साथमा एक बच्चा समेत रहेको तर केही महिना पहिले मात्र पठन पाठनका लागि नेपालमा छोडेर काममा फर्किएको भुजेलले कुवेतमै मृत्युवरण भोगेका छन।
यश बिसयमा दूतावासमा जानकारी गरिसकेको उनकी श्रीमतिले जानकारी गराएकी छन। उनका अनुसार शव फर्वानिया हस्पिटलमा राखिएको छ। उनले आफ्नो पतिको शव पनि हेरेर फर्केको बताएकी छन। उनी कुवेतको कानून र यस्तो घटनामा पहिले नपरेको कारण उनको पतिको शव पठाउने, इन्स्योरेन्स क्लाइम गर्ने लगाएतका कामहरुको प्रक्रिया कसरी सुरु गर्ने भन्ने बारे अनविज्ञ रहेको बताउँछीन। उनले यश बिसयमा आवस्यक सहयोग गरिदिन नेपाली दूतावास र गैर आवासीय नेपाली संघ कुवेतलाइ अनुरोध समेत गरेकी छन।