कुवेतमा स्याङ्जाका अर्जुन गुरुङको निधन।

स्वास्थ्य

महेश्वर तामाङ/ २६ मे, कुुवेत । रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ । कुवेतको अल सम्स्या क्लिनिङ कम्पनीमा विगत ८ बर्षदेखि कार्यरत राहदानी नं ०६१६४४७४ वाहक स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हाे ।

गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि गत शनिवार स्थानीय आदान अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उनको गएको मे २१ तारिख बिहीवार विहान १० बजे मृत्यु भएको बताएको छ । अस्पतालले रिपोर्टमा उनको मृत्युको कारण रक्तसंचारमा गिरावट, श्वास प्रश्वास प्रणाली विफल हुनु र मुटुको मांशपेशी बन्द हुनु बताएको छ । अहिलेसम्म उनको परिवार सम्पर्कमा न रहेकोले नेपाली दूतावासको सम्पर्कमा आउनको लागि नेपाली दूतावासले अनुरोध गरेको छ।

Leave a Reply