नेपाली दूतावास कुवेतमा VISIT NEPAL 2020 INFORMATION DESK राखियो।

गृहपृष्ठ

दिलकुमार पाख्रीन/०१ जनवरी, कुवेत। नेपाली दूतावास कुवेतमा आज जनवरी १ तारिक नयाँ बर्ष सब संगै भ्रमण बर्ष २०२० को प्रचार प्रसारका लागि एन आर एन ए का प्रतिनिधि दैनिक रुपमा रहने गरि information desk राखिएको छ। नेपाली राजदूतावास कुवेतमा विभिन्न उदेश्यले आगमन गर्ने विदेशी नागरिकहरुलाइ भ्रमण बर्ष २०२० सम्बन्धी नेपालका विभिन्न पर्यटकिय स्थलहरु लगाएत नेपाल भ्रमणमा जाने पर्यटकहरुलाइ आवस्यक जानकारी दिने उदेश्यले उक्त डेस्क राखिएको हो।

dav

नेपाल सरकार र गैरआवसिय नेपाली संघको भ्रमण बर्ष २०२० सम्बन्धी भएको सहमती अनुसार विश्वको विभिन्न राजदूतावास स्थापित भएका देशहरुमा भ्रमण बर्ष नेपाल २०२० सम्बन्धी प्रचार प्रसारमा सहकार्य गर्ने उदेश्यले कुवेतको नेपाली दूतावासमा पनि प्रचार प्रसार डेस्क राखिएको हो। डेस्क आज गैरआवसिय नेपाली संघ कुवेत परिवारको र नेपाली राजदूतावास परिवारको उपस्थितिमा आधिकारिक रुपमा नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिले रिवन काटेर समुद्घाटन गर्नुभएको हो।

समुद्घाटन पश्चात् महामहिम भन्डारिले गैरआवसिय नेपाली संघ संगको सहकार्यको लागि धन्यवाद व्यक्त गर्दै गैरआवसिय नेपाली संघ संगको सहकार्यले कुवेतबाट अझ बढी पर्यटक नेपाल भित्र्‍याउन सक्ने विश्वास रहेको बताउनुभयो। वहाँले गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसिलाइ भ्रमण बर्षको स्टिकर समेत हस्तान्तरण गर्नु भएको छ।

dav

Leave a Reply