प्रधानमन्त्री ओलि सिसियुमा, स्वास्थ्यमा सुधार हुँदै

गृहपृष्ठ

आर डि क्रीएशन/ २९ अक्टोबर, कुवेत। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयुमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था सुधाराेन्माेख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

सेन्टरका प्रमुख डाक्टर अरुण कुमार सायमीले अहिले सम्म दुई पटक एक्से गरिएको छ  भने मुटुको ईसीजी, एको तथा रगतको जाँच गरिएको छ ।

यस्तै संक्रमण पहिचान गर्न थ्रोट स्वाव गरिएको पनि सायमीले जानकारी दिए ।

उनका अनुसार अहिले प्रधानमन्त्रीलाई एन्टिबाइटिक, स्लाइन र  नेबुलाइनर औषधि चलाइएको छ ।

प्रधानमन्त्रीको छातीमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः ३० मा अस्पताल भर्ना गरिएको थियो ।
साभार: रातोपाटि

Leave a Reply