मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत ‘मेरी आमा…’सार्वजनिक (भिडियो)

भिडियो

आर डि क्रीएशन/ ०२ जनवरी, कुवेत। मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ। सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउनेआमा नै हुन् ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली आर.के. को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

Leave a Reply