रोमनियामा आफ्नो प्रस्तुती दिँदै गरेका गायक प्रकाश सपुतमाथी नेपालीद्वारा नै आक्रमण।

गृहपृष्ठ

26 जुन कुवेत। रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।

अनलाइन खवरबाट

Leave a Reply