लिसङ्खुपाखर युथ ल्कवद्वारा घर घरमा माक्स तथा स्यानिटाइजर बितरण

गृहपृष्ठ

राम्रो दृष्टि/४ जुन कुवेत: विस्वब्यापी रुपमा फैलिरहेको कोरोनाबाट नेपाल पनि अछुत रहेन। कोरोनाले गर्दा नेपालका हरेक जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या बड्दोरुपमा छ।

यसै क्रमलाइ मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लाका लिसङ्खुपाखर गाउपालिकाका केही युवाहरु मिलेर लिसङ्खुपाखर युथ ल्कव नामको समूह नै गठन गरि अहिलेको यो अबस्था आफ्नो सुरक्षा आफै गर्नुपर्ने समयमा ज्यानको कुनै पर्वाह नगरी आफ्नो गाउँ समाज बचाउ अभियानमा लागेको छ। यो अभियानले गाउँका हरेक घरको सबै सदस्यहरुलाइ माक्स तथा स्यानिटाइजर बितरण गर्दै आएको छ।

यो समुहले कोरोनाको पहिलो चरण अर्थात गएको बर्ष पनि लकडाउनको बेला लिसङ्खुपाखर हुँदै यात्र गर्ने पैदल यात्रीहरुलाइ खाजा पानी तथा आफ्नो जिलाको सिमासम्मा गाडीको समेत ब्यवस्था गर्दै आएको थियो। भने अहिले गाउटोलमा कोरोनाले मानिसहरुको ज्यानै लियको छ यो अवस्था देखेर युवाहरुको मन थाम्न नसकी जसरी पनि आफ्नो गाउँ समाज बचाउनु पर्छ र कोरोनालाइ सकेसम्मन हाराउनु पर्छ भन्ने अभियानमा लागि परेका छन।

बिवरण:- यदि तपाईं पनि आफ्नो गाउटोलमा कोरोना लाग्न नदिन आर्थिक तथा भौतिकरुपमा सहयोग गर्न चाहानुहुन्छ भने (लिसङ्खुपाखर युथ क्लव) को आधिकारिक फेसबुक मेसेन्जरमा गइ सम्पर्क गर्न सकनुहुनेछ।

https://www.facebook.com/profile.php?id=100068679544846

Leave a Reply