सुनसरिको मुख्य शहर इटहरीमा भीषण आगोलागि

गृहपृष्ठ

आर डि क्रीएशन/ ७ नोभेम्बर, कुवेत। सुनसरिको प्रमुख शहर इटहरीको मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ ।


दिउँसो झन्डै साढे एक बजे तिर आगो भएपछी निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन । प्रहरीका अनुसार सामसुङ शोरुम रहेको घरमा लागेको आगलागीको कारण खुल्न सकेको छैन ।
आगो निभाउन प्रहरी र ठूलो संख्यामा नगरबासीहरु पनि लागेका छन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिएका छन।

घटना दिउँसो भएकोले मानव क्षेती नभए पनि निक्कै ठूलो धनमालको क्षेती भएको अनुमान गरिएको छ।

Leave a Reply