५ लाख ३५ हजार तिरेर कुवेत पुगेका नेपालिहरु अलपत्र! बिलौना पोख्न रवि लामिछाने सम्म पुगे

गृहपृष्ठ

राम्रो दृष्टि/ १ डिसेम्बर, कुवेत। ५ लाख ३५ हजार तिरेर कुवेत पुगेका नेपालिहरु अलपत्र परेका छन भनीन्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगेको घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ तिराएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफान्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरि कुवेत पुर्‍याएपछि उनले काम नगरी कोठामा सुतेर बसेर पिडित भएँ भन्दै रवि लामिछानेसंग वार्तालाप गरेको खुलेको छ। कुवेतबाट सञ्चालित एक मिडियाले यसको सत्य तथ्य के हो भन्ने बिसयमा छानबिन गरि द्विपक्षीय कुरा सार्वजनिक गरेपछी यथार्थ खुलेको हो।

पिडित भनिएका नवराज अधिकारिले आफ्नो सिभिल आइडी समेत बेचेर खाएको पुष्टि भएको छ। उनले आफ्नो आइडी ७० कुवेती दिनारमा बेचेको खुलेको छ। तारामणि रायले आफन्तै मात्र झन्डै १२ जनालाइ अन्य देशिहरुको साहायतामा भिसा उपलब्ध गराइ कुवेत पुर्‍याएका छन। यद्यपि उनले झिकाएका अन्य ब्यक्तिहरुले काम गरिरहेको बुझिएको छ। काम गरे काम पाइन्छ तर नवराजले जति ठाउँमा काम लगाए पनि काम नगरी भागेर कोठा फर्केकोले यो समस्या आएको तारामणि राय बताउँछन। पुर्ण जानकारिको लागि भिडियो हेर्नुहोस।

Leave a Reply